बारा। कलवार कल्याण समिति जीतपुर बाराको आयोजनामा कलवार समुदायको कुल देवताको रुपमा रहनुँ भएका बलभद्र भगवानको शनिवार सामुहिक पूजाको आयोजना गरिएको छ ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुरमा आयोजित पूजा , पूजा समितिका संयोजक मुकेश गुप्ताको नेतृत्वमा आयोजना गरिएको हो ।
सामुहिक पूजाको जजुमानको रुपमा स्थानीय कल्वार समुदायका चन्दन गुप्ता र उनकी पत्नीले पूजाको अवधी भर उपवास (चौका) बसी पूजालाई पूर्णता दिलाएका थिए ।
प्राचिन कालदेखि नैं श्रीकृष्ण भगवानका दाजु बलभद्र भगवान कलवार समुदायको कुल देवताको रुपामा रहनुँ भएको छ । बिभिन्न समुदायका श्रद्धालुहरु बलभद्र भगवानलाई बलरामको रुपमा पनि लिने गरेको बलभद्र पुजाका आचार्य पवनेश शास्त्रीले बताए ।
बललाई शक्ती र भद्रलाई अन्न मानिएकको आचार्य शास्त्रीले बलभद्र भगवानको अर्थ बताउँदै बलभद्र भगवानलाई भात , बिषेश किसिमको दाल र पाँच थरीको तरकारीको भोग लगाउँने प्रचलन रहेको छ ।
उनको पुजा पश्चात सो अन्नलाई कलवार समुदायका भक्तजनहरुले प्रशादको रुपमा ग्रहँण गर्ने प्रचलन प्राचिन काल देखि नैं चलिआईरहेको पनि उनले बताए ।