• २०८१ बैशाख १५ शनिबार

टीभीको लाइभ कार्यक्रममै मोडलले दर्शकलाई कुटिन् !

kharibot

युरोप । एक रसियाली मोडलले एक अन्तर्क्रिया कार्यक्रममा आफ्नो गर्भावस्थालाई लिएर आलोचना गर्ने दर्शकलाई कुटेकी छिन् । तेस्रो बच्चा जन्माउने तरखरमा रहेकी एभेलिना ब्लेडन्सले टिभीको लाइभ कार्यक्रममै उक्त हर्कत गरेकी हुन् । 

उनलाई टिभीमा लाइभ बोल्न गर्भावस्थाबारेको अन्तक्र्रिया कार्यक्रममा बोलाइएको थियो । तर सोही क्रममा उनलाई पुनः गर्भमा रहेको बच्चालाई जोखिममा पारेको एक दर्शकले आरोप लगाएकी थिइन् ।

त्यसपछि मोडलले ती दर्शकलाई पिटेकी हुन् । यसअघि नै दुई वटा सन्तान भए पनि एक सन्तानमा डाउन सिन्ड्रोम रहेको र सोही कारण अर्को बच्चामा पनि हुनसक्ने भएकाले ती दर्शकले मोडलको आलोचना गर्दै रोगी बच्चा समाजलाई चाहिँदैन भनेकी थिइन् । सो लगत्तै मोडल आक्रोशित भएकी हुन् । 

ती दर्शकले ३५ देखि ४० वर्षको उमेरमा बच्चा जन्माउन खतरा हुने भएकाले ४९ वर्षकी मोडलले जन्माउन हुने या नहुने भन्ने प्रश्न गरेकी थिइन् । के तपाईं रोगी बच्चा जन्माउन चाहनुहुन्छ भनेर अर्को प्रश्न गरेपछि मोडल आक्रोशित भएको बताइएको छ । एलेना लेबेडेवाले उक्त प्रश्न गरेकी थिइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय