• २०८१ बैशाख १६ आइतबार

बलिवुडकी चर्चित निर्देशक कल्पना लाजमीको निधन 

kharibot

मुम्बई।  बलिवुडकी चर्चित निर्देशक कल्पना लाजमीको ६४ बर्षको उमेरमा निधन भएको छ। आजमीको मुम्बईस्थित कोकिलाबेन धीरूभाई अंबानी अस्पतालमा आइतबार बिहान निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।  

लाजमी पछिल्लो समय किड्नीको क्यान्सरबाट पिडित थिइन्। आजमीको किड्नी फेल भएको थियो। 

कल्पना लाजमी एक निर्देशक, निर्माता र पटकथा लेखक थिइन्।  उनी बलिवुडमा यथार्थवादी फिल्म बनाउने निर्देशकको रुपमा चर्चित थिइन्। आजमीका  फिल्म ‘रूदाली’, ‘दमन’ र ‘दरमियान’ जस्ता फिल्म रहेका छन्। 

लाजमीको अन्तिम फिल्म निर्देशकको रुपमा २००६ मा प्रदर्शनमा आएको फिल्म चिंगारी थियो । यो फिल्म भूपेन हजारिकाको उपन्यास ‘द प्रॉस्टीट्यूट एंड द पोस्टम्यान’ मा आधारित थियो। 

कल्पना लाजमीको निधनमा अभिनेत्री रवीना टंडन, हुमा कुरैशीले श्रद्धांजली दिएका छन। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै