• २०८१ बैशाख १६ आइतबार

आचार्यको नेतृत्वमा नेपाल स्रष्टा समाजको ११ सदस्यीय कार्यसमिति गठन

kharibot

काठमाडौँ / नेपाल स्रष्टा समाजको ११ औँ साधारणसभाले विधान आचार्यको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

उक्त कार्यसमितिको उपाध्यक्षमा प्रा डा गोविन्दमानसिंह कार्की, महासचिवमा पुष्पा खनाल, कोषाध्यक्षमा नवराज तिमिल्सिना (अवदोषी), र सचिवमा जानु धिताल तथा सदस्यमा डा पुष्करराज भट्ट, डा विष्णु राई, तर्कना शर्मा, लेखजङ्ग खत्री, नवराज पुडासैनी (ज्योत्स्ना) र रश्मि रिमाल निर्वाचित हुनुभएको समाजले आज जनाएको छ । 

नवनिर्वाचित अध्यक्ष आचार्यले लोकतान्त्रिक मुलुकको उन्नयनमा सामाजिक तथा आर्थिक सशक्तिकरणको खाँचो रहेको विचार व्यक्त गर्दै विभिन्न लेख, रचना तथा साहित्यका माध्यमबाट समाजलाई दिशानिर्देश गर्न संस्थामार्फत पहल गरिने बताउनुभयो । 

देशका विभिन्न साहित्य, कला र संस्कृति संरक्षण तथा तीनलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विसं २०६४ मा स्थापना भएको उक्त संस्थाले हालसम्म २७ कृति प्रकाशनमा ल्याइसकेको छ । उक्त समाजले प्रत्येक वर्ष विभिन्न पाँच विधामा स्रष्टालाई पुरस्कार प्रदान गर्दै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै