• २०८१ बैशाख २९ शनिबार

उपराष्ट्रपति पुन आज स्वदेश फर्किदै 

kharibot

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै छन् । उनी एयर चाइनाको विमानबाट सोमबार बिहान ९ः४५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ  । 

उपराष्ट्रपतिले चीन भ्रमणका क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एण्ड रोड इनिसेटिभ’ सम्बद्ध मुलुकको आर्थिक विकासका लागि सहकार्यसम्बन्धी सम्मेलनलाई सम्बोधन गरेका थिए । 

सम्बोधनका क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीलाई अपिल गरेका थिए । चीन भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङ्हुवाले शिष्टाचार भेट गरेका थिए । 

उपराष्ट्रपतिले यही असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाइ हासिल गरिरहेको बताएका थिए । भेटघाटमा उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहोराएका थिए । 

उपराष्ट्रपतिसँगको भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाइमा उठेको बताएका थिए । उनीहरुले नेपालको समृद्धिको यात्रामा चीनका सदैव साथ सहयोग हुने बताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय