• २०८१ बैशाख १४ शुक्रबार

भारतीय प्रधानमन्त्री मोदी मङ्सिरमा नेपाल आउने

kharibot


काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुन: नेपाल भ्रमणमा आउने भएका छन्।

भारतीय न्युज एजेन्सी एएनआईकाअनुसार मोदी यसपटकको गौतम बुद्धको जन्मस्थान लुम्बिनी भ्रमणका लागि आउन लागेका उल्लेख गरेको छ । पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ नेपाल भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो भ्रमण हुने छ ।

मोदी आगामी मङ्सिर १२-१३ नेपाल भ्रमण गर्ने तयारी गरेको दुतावास स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ।

२०७१ जेठमा भारतको १४ औँ प्रधानमन्त्री बनेपछि उनले पहिलो पटक नेपालको भ्रमण गरेका थिए ।

यसअघि गत १४-१५ भदौमा काठमाडौँमा भएको बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शीखर सम्मेलनमा भाग लिन आएका थिए।

त्यसअघि बैशाखको अन्तिम साता धार्मिक भ्रमणमा आएका मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेका थिए । यस अघिका भ्रमणमा पनि मोदी लुम्बिनी जाने बताइए पनि सुरक्षा कारणले ति भ्रमण रद्ध गरिएका थिए। 

त्यसअघि १८-१९ साउन २०७१ मा मोदीको पहिलो नेपाल भ्रमण भएको थियो। त्यसलगत्तै मोदी त्यसै वर्ष मङ्सिरमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलनको सिलसिलामा नेपाल आएका थिए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै