• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री ओली र क्यानाडाका प्रधानमन्त्रीबीच भेटवार्ता 

kharibot

काठमाडौँ।  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्यानाडाक प्रधानमन्त्री जस्टिन ट्रुडेउसँग भेटवार्ता गरेका छन्। 

भेटवार्तामा दुवै देशको सम्बन्धलाई थप विस्तार गर्न र थप बलियो बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ। भेटमा दुवै प्रधानमन्त्रीबीच दुई देशको सम्बन्धलाई थप बलियो बनाउने सम्बन्धमा विवध विषयमा छलफल भएको थियो। 

भेटवार्तामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर दास बैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, क्यानडाका लागि नेपाली राजदुत कालीप्रसाद पोखरेल, नेपालका लागि क्यानडाका राजदुत जोन हन्नाफोर्ड आदिको उपस्थिति रहेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै