• २०८१ बैशाख १५ शनिबार

नेपालको शान्ति प्रक्रिया विश्वका लागि नमुना हुनसक्छ -प्रधानमन्त्री ओली  

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३औ महासभालाई सम्बोधन गरेका छन्। महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा भएको शान्ति प्रक्रिया विश्वका लागि उदाहारणीय भएको बताउदै विश्वलाई आफ्ना अनुभव बताउन तयार रहेको बताएका छन्। प्रधानमन्त्रीले नेपालमा आपसी सहमतिबाट देशलाई द्वन्दबाट शान्ति र स्थिरता तर्फ ल्याएको बताए।  देशमा निर्वाचन सम्पन्न भएर बलियो सरकार आएको र देश अब विकास र समृद्धिमा फोकस भएको बताए। 

प्रधानमन्त्री ओलीले भने, 'म गौतम बुद्धको भुमि र सगरमाथाको देशका तर्फबाट यस महासभाको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। मैले सन् २००६ मा यस महासभालाई सम्बोधन गरेको थिए। नेपालमा वार्ताको माध्यमबाट ऐतिहासिक शान्ति प्रक्रियाको माध्यमबाट राजनीतिक परिवर्तन सम्पन्न भएको छ। देश द्वन्दबाट शान्तिमा परिणत भएको छ। यो प्रक्रियाले देशलाई पुनर्संरचना गरेर नया दिशामा अगाडी  बढेको छ। यसले नेपाललाई सार्भामौम र राज्य शक्तिको अधिकार जनतामा निहित बनाएको छ। संबिधान सभाको माध्यमबाट नेपालले प्रजातान्त्रिक संबिधान जारी गरेर ति उपलब्धि हरुलाई संस्थागत गरिएको छ।' 

उनले भने, 'महाभूकम्पबाट आएको प्राकृतिक विपदका बावजुत सबै राजनीतिक दल एक ठाउमा आएर २०१५ मा संबिधान जारी गरिएको गर्दै ७ दशक देखि आफ्नो संबिधान आफै लेख्ने जनताको चाहना पुरा भएको छ । नेपालको संबिधानले गणतान्त्रिक राज्यलाई मात्र कल्पना गरेको छैन जनताको अधिकार र स्वतन्त्रतालाई पनि व्यापक रुपमा वकालत गरेको छ। कानुनी राज्य, स्वतन्त्र न्यायपालिका, प्रत्यक्ष तथा समानुपातिक प्रतिनिधित्व, जस्ता यस संबिधानका विशेषता हुन्। हाम्रो भिजन समावेशी प्रजातन्त्र जसले व्यक्तिलाई राजनीतिक रुपमा मात्र शक्तिशाली बनाउदैन, सामाजिक, आर्थिक र सांस्कृतिक रुपमा पनि बलियो बनाएको छ।' 

'संबिधानको कार्यान्वयन गर्नी अर्को महत्वपूर्ण काम हामिसँग रहेको छ। हामिले गतबर्ष ऐतिहासिक निर्वाचन सम्पन्न स्थानीय, प्रदेश र संघीय तहमा जनताको प्रतिनिधित्व सुनिस्चित गरेका छौ। जसमा कुल ४१ प्रतिशत महिला जनप्रतिनिधिहरु निर्वाचित भएका छन्। हामी यो ९९ प्रतिशतकोफरक लाई पनि पुरा गर्न प्रतिबद्ध छौ। निर्वाचनले नेपाली जनतालाई प्रजातान्त्रिक अधिकारको सुनिस्चितता मात्र गरेको छैन देशलाई बलियो सरकार पनि दिएको छ। 
निर्वाचित सरकारले संघीय र प्रदेशमा दुई तिहाइ बहुमतका साथ उपस्थित रहेकाले देशलाइ स्थिर सरकार दिएको छ।' 

प्रधानमन्त्री ओलीले भने, 'यी सबै ऐतिहासिक उपलब्धिसंगै सबै नागरिकलाई एकै किसिमको व्यबहार र मौका दिने सरकारको नीति रहेको छ भने समाजिक न्याय सरकारको प्रमुख नीति रहेको छ। शान्ति प्रक्रियामा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थनको हामी सम्मान गर्दछौ।' 

नेपालको यो शान्तिपूर्ण र प्रजातान्त्रिक परिवर्तन विश्वका लागि उदाहरणीय रहेको भन्दै प्रधानमन्त्री ओलीले यसले वार्ताबाट सबै द्वन्द्वको समधान गर्न सकिन्छ र ब्यालेटले बुलेटलाई प्रतिष्थापन गर्छ भन्ने ठुलो उदाहरण दिएको बताए।  उनले नेपालको शान्ति प्रक्रिया विश्वमा द्वन्दमा रहेका देशका लागि प्रेरित घटना हुन् सक्ने हामीलाई विश्वास रहेको बताए।  साथै उनले नेपालको यो अनुभव विश्वलाई भन्न र आफ्ना अनुभव बताउन इच्छुक रहेका समेत महासभामा बताए । 

प्रजातान्त्रिक परिवर्तन पछि नेपाल एक आत्मविश्वासी देश बनेको छ भने राजनतिक उपलब्धि पछि देश अब आर्थिक विकासको पाटो सुरु भएको प्रधानमन्त्रीले बताउदै विकासलाई अगाडी बढाउन सरकारले समृद्ध नेपाल र खुशी नेपाली भन्ने नारालाई अगाडी ल्याएको बताए।  उनले भने, 'हामिले प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गरेर यो उपलब्धि हासिल गर्न सकिने हामिलाई विश्वास रहेको छ। हामि हाम्रो विकासमा सहयोग समर्थन गर्न र जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौ।' 

प्रधानमन्त्रीको सम्बोधनको पूर्ण पाठ :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै