• २०८१ बैशाख १५ शनिबार

२८ वाणिज्य बैंकलाई कर्जा सुरक्षण कोषले गर्‍यो लगानीको अफर 

kharibot

काठमाडौं । सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरुलाई निक्षेप तथा कर्जा सुरक्षण कोषले लगानीको अफर गरेको छ । कोषले एक वर्षीय मुुद्दतीको रुपमा ६८ करोड रुपैयाँबराबरको संस्थागत निक्षेप राख्नको लागि वाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको हो ।

कोषका अनुसार निक्षेप लगानी गर्न चाहने बैंक तथा फाइनान्स कम्पनीहरुले असोज सात गते पश्चात १५ दिनभित्रमा  बैंकले राख्न चाहेको निक्ष्ोप रकम र दिन चाहेको ब्याज समेत किटान गरी कोषमा पठाउनुुपर्नेछ ।

प्रस्ताव पेस गर्ने बैंक तथा वित्तीय संस्था संचालनमा आएको कम्तीमा पाँच वर्ष पूरा गरेको हुुनुुपर्ने, लगातार पाँच वर्षदेखि नाफामा रहेको हुुनुुपर्ने, नेपाल राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटको चार प्रतिशतभन्दा कम भएको हुुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने प्रावधान रहेको छ ।

यसैगरी कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैंकले समय–समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफामा (व्यवस्थापछिको) रहेको, रियल स्टेटमा प्रवाहित कर्जा नेपाल राष्ट्र बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, लगानी गरिने संस्थाकोे कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई नेपाल राष्ट्र बैंकले जरिवाना वा कारवाही गरेको अवस्थामा सो कारवाही भएको तीन वर्ष पूरा भएको लगायतका प्रावधानहरु तोकिएको कोषले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै