• २०८१ बैशाख १५ शनिबार

जब ट्रम्पको कुरा सुनेर राष्ट्रसंघीय महासभामा हाँस्यो विश्व (भिडियोसहित) 

kharibot

काठमाडौं । राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण सुरु गरेलगत्तै हाँसोको फोहरा छुट्यो ।

मंगलबार राति न्युयोर्कस्थित महासभालाई सम्बोधन गर्न उभिएका ट्रम्पले आफ्नो प्रशासनले अमेरिकी इतिहासकै सबैभन्दा बढी काम पूरा गरेको दाबी गरेलगत्तै उपस्थित विश्वका नेताहरु हाँसेका थिए । 

अरु हाँसेपछि ट्रम्प आफैँ पनि हाँस्न पुगे । उनले भने, ‘मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’ त्यसपछि पुनः उनले दोहोर्याए, ‘अमेरिका अहिले सबैभन्दा बलियो, धनी र सुरक्षित राष्ट्र हो ।’ 

भाषणको सुरुवातमै महासभामा हाँसो गुञ्जिएको थियो । तर ट्रम्पले विश्वका विभिन्न मुद्दाहरुमा समेत उक्त अवसरमा कुरा राखेका थिए । उनले मध्यपूर्वमा इरानले आतंकवादलाई प्रश्रय दिइरहेकोले उसलाई विश्व समुदायले एक्ल्याउनुपर्ने बताएका थिए ।

उनले अमेरिकाका मित्रराष्ट्रहरुको प्रशंसा गरेका थिए भने पोहोर यही महासभामा उत्तर कोरियाली राष्ट्रपति किम जोंग उनलाई रोष प्रकट गरे पनि यसपटक भने पछिल्लो विकसित सम्बन्धलाई लिएर उनको प्रशंसा गरे । 

राष्ट्रसंघीय महासभामा विश्वका सम्पूर्णजसो नेताहरु सहभागी छन् । नेपालका प्रधानमन्त्री केपी ओली पनि सोही सभामा उपस्थित छन् । उनले ११ गते आफ्नो भनाइ राख्दै छन् । 

  • भिडियो हेर्नुहोस् : (डेली मेलबाट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय