• २०८१ बैशाख १५ शनिबार

हेलीको गृहराज्यमा ट्रम्पको जित

kharibot

वाशिंगटन । डोनाल्ड ट्रम्पले साउथ क्यारोलिना प्राइमरी चुनाव जितेका छन् ।सार्वजनिक भएको नतिजामा डोनाल्ड ट्रम्पले भारतीय मूलकी निक्की हेलीलाई पराजित गरेका छन् ।

अहिलेसम्म प्राप्त मत विवरण अनुसार ट्रम्पले यस राज्यमा लगभग ६० प्रतिशत मत प्राप्त गरेका छन् भने हेलीले ३९ प्रतिशत मत प्राप्त गरेकी छन् ।

साउथ क्यारोलिना निक्की हेलीको गृह राज्य हो र उनी यहाँबाट गभर्नर भएकी थिइन् । यो जितसँगै डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी बलियो बनेको छ ।

योसँगै सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन र डोनाल्ड ट्रम्पबीचको प्रतिस्पर्धा लगभग निश्चित देखिएको छ ।

साउथ क्यारोलिनाअघि ट्रम्पले आयोवा, न्यु ह्याम्पशायर, नेभाडा र युएस भर्जिन आइल्याण्डको प्राइमरी चुनाव पनि जितेका थिए । साउथ क्यारोलिनामा पराजयसँगै निक्की हेलीमाथि राष्ट्रपतिको उम्मेदवारी त्याग्न दबाब बढेको छ तर लगातार पराजयको बाबजुद पनि हेली आफ्नो उम्मेदवारीप्रति आशावादी छिन् ।

साउथ क्यारोलिना प्राइमरी चुनाव जितेपछि ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै रिपब्लिकन पार्टी यति एकजुट भएको मैले कहिल्यै नदेखेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै