• २०८१ बैशाख १५ शनिबार

प्रशिक्षणका क्रममा पोग्वा र मोरिन्होको झगडा बाहिरियो (भिडियो सहित)

kharibot

काठमाडौँ।  म्यानचेस्टर युनाइटेडका म्यानेजर जोसे मोरिन्हो र प्लेमेकर पाउल पोग्वाबीचको सम्बन्ध दिनप्रतिदिन बिग्रिदै गएको छ। दुवैले एकअर्का लाई आरोप लगाइरहेको मिडिया रिपोर्ट बाहिर आइरहेको बेला पोग्वा र मोरिन्होबीच सम्बन्ध राम्रो छैन भन्ने प्रमाणस्वरुप बुधबारको प्रशिक्षणको एक भिडिया सार्वजनिक भएको छ। 

गएराती लिगकप मा डर्बी काउन्टीसँग पेनाल्टी सुटआउटमा युनाइटेड पराजित भएपछि मोरिन्होले पोग्वासँग आफ्नो सम्बन्ध राम्रो नभएको बताएका थिए। 

स्काई स्पोर्ट्सले सार्वजनिक गरेको भिडियो क्लिपमा पोग्वा जगिङ गर्दै मोरिन्हो भए तिर आएको र उनले मोरिन्होलाई घुरेर हेरेको देखिएको छ। उनले मोरिन्हो अगाडी बढेपनि पछि लाग्दै गएर उनलाई केहि भनेको देखिएको छ। यस्तो सम्बन्धले म्यानचेस्टर युनाइटेड थप संकटमा पर्दै जाने खेल विश्लेषकहरुले बताएका छन्। 

२०१६ मा इटालियन क्लब युभेन्टसबाट मोरिन्होले नै कीर्तिमानी रकम ११७.५ मिलियन डलरमा पोग्वालाई युनाइटेड भित्राएका थिए। तर युनाइटेड आएपछि पोग्वाको प्रदर्शन राम्रो नभएको आरोप मोरिन्होले लगाउदै आएका छन्। 

मोरिन्होसँगको खराब सम्बन्धका बीच पोग्वा बार्सिलोना जानसक्ने मिडिया रिपोर्ट पनि आएको छ।  पोग्वाले युनाइटेडमा अहिलेसम्म ९५ खेल खेल्दै केबल १९ गोल गरेका छन्।

त्यस्तै पोग्वाले हालै फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेको भएपनि युनाइटेडमा आएर २०१६-१७ को युरोपा लिग तथा २०१६-१७ कै लिग कपको उपाधि जिताएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै