• २०८१ बैशाख १६ आइतबार

म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेड र चेल्सी एफए कपको सेमिफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न क्वाटरफाइनलको खेलमा म्यानचेस्टर युनाइटे डले लिभरपुललाई ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा स्कट म्याक टोमिनी, एन्थोनी, मार्कस राशफोर्ड र अमद डिआल्लोले एक एक गोल गरेका थिए ।

त्यसैगरी लिभरपुलका लागि एलेक्सिस म्याक अलिस्टर, मोहमद सलाह र हार्भी एलिओटले एक एक गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा दुवैले २-२ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा खेलाइएको थियो । अतिरिक्त समयमा म्यानचेस्टर युनाइटेडले २ गोल गरेको थियो भने लिभरपुलले एक गोल गरेको थियो ।

यस खेलमा म्यानचेस्टर युनाइटेडका अमाद डियाल्लोले रातो कार्ड पाएका थिए ।

त्यस्तै गरि अर्को खेलमा चेल्सीले लेस्टर सिटीलाई ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । चेल्सीको जितमा मार्क कुकुरेला, कोल पाल्मर, कारनी चुकवुएमका र नोनी माडुएकेले एक एक गोल गरेका थिए ।

त्यसैगरी लेस्टर सिटीका लागि एक्सेल डिसासी र स्टेफी माभीडीडीले एक एक गोल गरेका थिए ।

अब म्यानचेस्टर युनाइटेडले एफए कपको सेमिफाइनलमा कोभेन्ट्री सिटीसँग खेल्ने छ भने म्यानचेस्टर सिटीले चेल्सीसँग खेल्ने छ । सेमिफाइनलका खेल अप्रिल २० मा हुने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय