• २०८१ बैशाख १५ शनिबार

खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

kharibot

फाइल तस्विर । 

काठमाडौँ  /  खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धि अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छिन  । महात्मा गान्धिको १५०औँ जन्मजयन्तीको अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन्  । 

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुनुहुने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ । सम्मेलनमा नेपालको तर्फबाट सरसफाइको क्षेत्रमा भइरहेको प्रगतिको बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै