काठमाडौं । सन् २०१८ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा दिइने भएको छ । द रोयल स्विडिस एकेडेमी अफ साइन्सका अनुसार लेजर फिजिक्सको क्षेत्रमा आधारभूत आविष्कारको लागि आर्थुर आस्किन र अन्य दुई जना जेरार्ड मौरो र डोन्ना स्ट्रिकल्यान्डलाई दिन लागिएको हो ।
आस्किनलाई बायोलजिकल सिष्टममा अप्टिकल ट्विजर कसरी प्रयोग गर्ने भन्ने पत्ता लगाएका कारण र अन्य दुई जनालाई हाई इन्टेन्सिटी, अल्ट्रा शर्ट अप्टिकल पल्स जेनेरेट गर्ने तरिकाका लागि संयुक्त रुपमा दिन लागिएको हो ।
अल्ट्रा शार्प लेजर बिमहरुले धेरै प्रकारका धातुहरुमा प्वाल पार्न र काट्न सजिलो हुन्छ । त्यस्तै उक्त माध्यमले जीवित प्राणीको समेत उपचारमा सघाउ पुग्छ । लाखौँ मानिसहरुको आँखाको अपरेशनमा यस्तो विधि प्रयोग गरिन्छ ।
यस्तो तरिका उक्त दुई जनाले नयाँ अनुसन्धानबाट पत्ता लगाउन सफल भएका हुन् जसलाई उद्योग तथा अस्पतालमा समेत प्रयोग गर्न सकिने बताइएको छ । प्रकाशको माध्यमबाट हरेक कुरा गर्न सम्भव हुन्छ । यसबाट डीएनए, तथा भित्री कोशहरुको समेत अध्ययन गर्न सकिन्छ । अप्टिकल ट्विजरले आणविक पार्टिकल (अंश)हरु, अणुहरुलाई परीक्षण गरी भाइरस, ब्याक्टेरियाबारे समेत अध्ययन गर्न सम्भव भइसकेको छ ।
यिनै उपलब्धिको लागि संयुक्त रुपमा यस्तो पुरस्कारको घोषणा गरिएको हो ।
Nobel Laureate Arthur Ashkin has been awarded the #NobelPrize in Physics “for the optical tweezers and their application to biological systems.”
— The Nobel Prize (@NobelPrize) October 2, 2018