• २०८१ बैशाख १५ शनिबार

दशैंलाई लक्षित गरी सिटी एक्सप्रेसको 'निःशुल्क बस सेवा' संचालन 

kharibot

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान् चाड दशैंलाई लक्षित गरी ७ दिने  “निःशुल्क बस सेवा” सुरु गरेको छ ।

यो निःशुल्क बस सेवा असोज १७गते देखि २३ गतेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुरु भई रिङ्ग रोड परिक्रमा गर्ने छ । वैदेशिक रोेजगारीका लागि विदेशिने नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित गरी महान् चाड दशैं मनाउन विभिन्न देशहरुबाट स्वदेश फर्किने यात्रुहरुलाई सहयोग पुगोस भन्ने भावना सहित सो सेवा सुरु गरिएको हो ।

बस सेवाको उद्घाटन कम्पनीका प्रबन्धनिर्देशक चन्द्र टन्डन, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल (धुर्मुस) र नेपाल आइडलसिजन २ का ११ जना टप फाइनलिस्टहरुले संयुक्तरुपमा रिबन काटी गरेका छन् ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै