• २०८१ बैशाख २६ बुधबार

सिके राउत गौरबाट पक्राउ

kharibot

राैतहट। सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ । अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न आवाञ्च्छित गतिविधि गर्दै नाराबाजी गरेर अदालतबाट निस्केका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतमा मुद्धा परेकाले उनी त्यही मुद्धाको तारेखमा अदालतमा उपस्थित भएका थिए । उनलाई देश द्रोहको मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलयमा रौतहटका डीएसपी  महेन्द्रप्रसाद मरासयनीले जानकारी दिए ।

राउतलाई छुटाउन उनका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि बसिरहेका छन् । राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै