इटालीलाई युक्रेनले बराबरीमा रोक्यो 

खरीबोट
ad

काठमाडौँ। मैत्रीपूर्ण खेलमा इटाली युक्रेनसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा इटाली र युक्रेनबीच भएको खेल १-१ को बराबरीमा रोकिएको छ। 

पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलमा खेलको ५५औ मिनेटमा इटालीका लागि फेडेरीको बेर्नारडेसचीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेट पछि युक्रेनका रुसलान मलिनोभासकीले गोल गर्दै खेल बराबरी गरेका थिए। 

विश्वकपमा छनौट हुन् असफल भएको इटाली पछिल्ला ३ खेलदेखि जितको खोजीमा रहेको छ। गत मे २९ मा साउदी अरेबियालाई २-१ ले पराजित गरेको इटालीले त्यसपछि फ्रान्ससँग ३-१ ले गुमाएको थियो भने नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको थियो । रोबोर्ट मान्चिनी म्यानेजर बनेर विजयी सुरुवात गरेपनि पछिल्ला खेलमा जितका लागि संघर्ष गरेको देखिएको छ। यस खेलमा मान्चिनीले मारियो बलाटोलीलाई टिममा समावेश गरेका थिएनन्। 

इटालीले अब आगामी आइतबार नेशनल लिग अन्तर्गत पोल्याण्डसँग खेल्ने छ।  
 

सम्बन्धित समाचार

नेशन्स कपमा पोल्याण्डमाथि इटालीको जित 

काठमाडौँ। युइएफए नेशन्स कप अन्तर्गत इटालीले पोल्याण्डलाई पराजति गरेको छ।  गएराती भएको खेलमा इटालीले पोल्याण्डलाई १-० ले पराजित गर्दै नेशन्सकप को समुह ३ मा ३ खेलमा ४ अंक बटुलेको छ।  इटालीको

इटालीलाई युक्रेनले बराबरीमा रोक्यो 

काठमाडौँ। मैत्रीपूर्ण खेलमा इटाली युक्रेनसँग बराबरीमा रोकिएको छ।  गएराती भएको खेलमा इटाली र युक्रेनबीच भएको खेल १-१ को बराबरीमा रोकिएको छ।  पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलमा खेलको ५५औ मिनेटमा

रोनाल्डो बिना पोर्चुगलद्वारा इटाली पराजित, सिल्भाले गरे निर्णायक गोल 

काठमाडौँ।  युइएफ़ए नेशनल लिगमा पोर्चुगलले इटालीलाई पराजित छ। गएराती भएको खेलमा आन्द्रे सिल्भाको एक गोलको मद्धतले पोर्चुगलले इटालीमाथि १-० को जित हासिल गरेको छ।  आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बिना खेलेको

रोनाल्डोपछि मेसीको इटाली आउने चर्चा !

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो ला लिगा छोडेर इटालियन सिरी ए मा गएपछि अब मेसि पनि सिरी ए मा जाने बहस सुरु भएको छ ।  सिरी ए कल्ब इन्टर मिलानले मेसीलाई पनि


z