काठमाडौँ। मैत्रीपूर्ण खेलमा इटाली युक्रेनसँग बराबरीमा रोकिएको छ। गएराती भएको खेलमा इटाली र युक्रेनबीच भएको खेल १-१ को बराबरीमा रोकिएको छ।
पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलमा खेलको ५५औ मिनेटमा इटालीका लागि फेडेरीको बेर्नारडेसचीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसको ७ मिनेट पछि युक्रेनका रुसलान मलिनोभासकीले गोल गर्दै खेल बराबरी गरेका थिए।
विश्वकपमा छनौट हुन् असफल भएको इटाली पछिल्ला ३ खेलदेखि जितको खोजीमा रहेको छ। गत मे २९ मा साउदी अरेबियालाई २-१ ले पराजित गरेको इटालीले त्यसपछि फ्रान्ससँग ३-१ ले गुमाएको थियो भने नेदरल्यान्ड्ससँग १-१ गोलको बराबरी खेलेको थियो । रोबोर्ट मान्चिनी म्यानेजर बनेर विजयी सुरुवात गरेपनि पछिल्ला खेलमा जितका लागि संघर्ष गरेको देखिएको छ। यस खेलमा मान्चिनीले मारियो बलाटोलीलाई टिममा समावेश गरेका थिएनन्।
इटालीले अब आगामी आइतबार नेशनल लिग अन्तर्गत पोल्याण्डसँग खेल्ने छ।