नयाँ व्याजदर लागु गर्न वाणिज्य बैंकहरु सहमत

खरीबोट

काठमाडौँ। वाणिज्य बैंकहरुले एकआपसमा मिलेमतो गरी नयाँ व्याजदर कायम गर्ने समझदारी गरेका छन् । 

नेपाल बैंकर्स सङ्घको विहिबारको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म व्याज दिने समझदारी गरेका हुन् । बैठकमा २८ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो । 

यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म व्याज दिने भएका हुन् । केही बैंकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी व्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो । 

नवील बैंकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल बैंकर्स सङ्घका पूर्वअध्यक्ष अनिलकेशरी शाहले व्याजदरमा केही सामान्य समझदारी भएको जानकारी दिए  । उनले बैंक तथा वित्तीय संस्थाका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र संवद्ध बैंकका सरोकारवालाबीच भइरहेको छलफलको निरन्तरताका क्रममा आज सङ्घको बैठक बसेको बताए । 

यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म व्याज दिने समझदारी बैंकहरुले गरेका थिए । तर केही बैंकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी व्याजदर दिएको भन्दै बैकर्स सङ्घमा उजुरी गरेका थिए । 

गत साउनदेखि हालसम्म बैंकहरुले रु ३९ अर्ब निक्षेप सङ्कलन गरेका छन् । तर सोही अवधिमा रु ९२ अर्ब कर्जा प्रवाह गरेका छन् । निक्षेप सङ्कलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करीब रु ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ । 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकले कर्जा व्याजदर घटायो

काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।  बैंकले यस वर्षको माघ

नेपाल बैकले कर्जाको व्याजदर घटायो 

काठमाडौ । नेपालका उद्यमी व्यवसायीहरुको माग संवोधन गर्ने क्रममा नेपाल बैक लिमिटेडले सबै प्रकारका कर्जाहरुको व्याजदर एक दसमलव ४६ प्रतिशतले घटाएको छ ।  यसबाट देशका उद्यम व्यवसायको पुंजी लागतमा कमी आई

कृषि विकास बैंकले कर्जाको व्याजदर घटायो 

काठमाडौँ । कृषि विकास बैंकले कर्जामा लिदै आएको व्याजदर घटाएको छ ।  बैंकले फागुन १ गतेदेखि नै लागु हुने गरि अहिले लिदै आएको ब्याजदरमा १ प्रतिशत घटाएको जानकारी दिएको छ ।   बैंकले

विज्ञ अर्थमन्त्री हुँदापनि बैंकको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेन् : पूर्व अर्थसचिव भुसाल

काठमाडौं । पूर्व अर्थसचिव युवराज भुसालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए ।  रिपोटर्स क्लबमा आयोजित सक्षात्कारमा बोल्दै भुसालले सरकार साना तिना कुरामा


z