काठमाडौँ। यूईएफए नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा नेदरल्याण्डन्सले जर्मनीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
नेदरल्याण्डन्सलाई जित दिलाउने क्रममा भिर्गिल भान जिक, मेम्फिस डिपे र जर्जियानो विज्नाल्डमले एक एक गोल गरेका थिए।
नेदरल्याण्ड्सका लागि ३०औं मिनेटमा लिभरपुलका स्ट्राइकर भिर्गिल भान जिकले गोल गरी सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अगाडी रहेको नेदरल्याण्ड्सले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।
खेलको ८६औ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई २-० को अग्रता दिलाएका थिए भने खेलको इन्जुरी समयमा जर्जियानो विज्नाल्डमले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-० को सहज जित दिलाएका थिए। पहिलो खेलमा फ्रान्ससँग गोलरहित बराबरी खेलेको जर्मनी यो समूहमा अझै कुनै गोल गर्न असफल हुदै समुहको अन्तिममा रहेको छ ।
नेदरल्याण्ड्ससँग कुनै पनि प्रतियोगितामा जर्मनी ३ भन्दा बढी गोल खाएर पराजित भएको यो पहिलो पटक हो। जोचिम लो को प्रशिक्षणमा रहेको जर्मनीले पछिल्लो १३ खेलमा तीन खेलमा मात्र जित हासिल गर्न सकेको छ ।