मुम्बई। अभिनेत्री तनुश्री दत्ताको यौन शोषणको आरोप लागेका अभिनेता नाना पाटेकरलाई फिल्म हाउसफुल ४ बाट निकालिएको छ। यौन शोषणको आरोप लागेका कारण निर्देशक साजिद खानले फिल्म छोडेको अर्को दिन अभिनेता नानालाई पनि बाहिरको बाटो देखाइएको छ।
यौन शोषणको एक पछि अर्को खुलासा हुदै गएको बलिवुडमा यौन शोषणको आरप लागेका निर्देशक र अभिनेतासँग काम नगर्ने अक्षयकुमारको अडानपछि फिल्मका निर्माताहरुले निर्देशक साजिद र अभिनेता नानालाई बाहिरको बाटो देखाएका हुन्।
निर्देशक साजिद खानलाई अभिनेत्री सलोनी चोपड़ा, रैचल वाइट और पत्रकार करिश्मा उपाध्यायले यौन शोषणको आरोप लगाएका थिए। साजिदको विरुद्धमा फिल्म हमसक्कलमा काम गरेकी अभिनेत्री विपाशा बसुले पनि साजिदको व्यवहार प्रति कटाक्ष गर्दै फिल्म सुटिंगको क्रममा महिलाहरुको अगाडी फोहोर जोक्स भन्ने गरेको र कैयौ पटक आफुले असहज महसुस गरेको बताएकी छन्।









