• २०८१ बैशाख १५ शनिबार

दिवंगत नेता बाँस्तोलाको शोकमा कांग्रेसले सबै जिल्ला कार्यालय एक दिन बन्द गर्ने 

kharibot

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता चक्र बाँस्तोलाको निधनमा शोकस्वरुप सबै जिल्ला कार्यालय भोलि एक दिनका लागि बन्द गर्ने भएको छ । कांग्रेस केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । 

साथै पार्टी कार्यालयमा तीन दिन पार्टीको झण्डा समेत झुकाइने कांग्रेस केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनका अनुसार पार्टीले शोकपुस्तिका १३ दिनसम्म कार्यालयमा राखेर तेह्रौँ दिन श्रद्धाञ्जलि सभा समेत गरिनेछ । त्यस्तै नेता बाँस्तोलाको गृहजिल्ला झापाको माई नदीमा लगेर भोलि २ बजे अस्तु समर्पण गरिनेछ । 

विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको हिजो राति निधन भएको थियो । उनका श्रीमती र दुई छोरी छन् ।

शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो ।

तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो ।

उनी पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय