काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।
जनता समाजवादी पार्टी नेपालकी समानुपातिक सांसद मन्जु शर्माअन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर भोलिसम्मका लागि बैठक स्थगित भएको हो ।
साठी बर्षिय सांसद अन्सारीको उपचारका क्रममा आइतबार असमायकि निधन भएको हो। बैठकले निधनप्रति शोक प्रकट गरी श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको थियो ।