• २०८१ बैशाख १४ शुक्रबार

बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भइन् !

kharibot

लण्डन /  बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ । 

राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले सोमबार जनाएको हो । 

“राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,” बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ । 

राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो । 

राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए । 

वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए । 

विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै एक आपसमा औँठी साटेका थिए । 

सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उहाँहरूले वैबाहिक जीवनमा रुपान्तरण गर्नुभएको बताइएको थियो । 

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै