नयाँ दिल्ली। भारतको पंजाव राज्यको अमृतसरमा ठुलो रेल दुर्घटनामा परेको छ। दुर्घटनामा ५० जनाको निधन भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।
रेल ट्रयाकमै नवदुर्गाको रावण दोहन गरिरेहको भिडमा रेल चढेको बताइएको छ। घटनामा एक दर्जन भन्दा बढी घाइते भएको र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने भारतीय मिडियाहरुले बताएका छन्।
पंजाव सरकारले मृतक परिवारलाई जनही ५-५ लाख राहत घोषणा गरेको छ भने घाइतेको सरकारले उपचार गर्ने बताएको छ । दुवै ट्रयाकमा एकै पटक रेल आएकाले भाग्ने मौका नपाउदा मानिसहरु रेलमुनि परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।