काभ्रेबाट १४ बर्षिय बालक बेपत्ता

खरीबोट

काभ्रे। पाँचखाल नगरपालिका–६ तीनपिप्लेका पत्रकार ईश्वरी राजकुमार मैनालीका १४ वर्षीय छोरा सम्राट शुक्रबार बिहान १० बजेदेखि बेपत्ता भएका छन् । सम्राट बिहान ढुंगानाबेँसीस्थित नभप्रतिभा बोर्डिङ स्कूलमा साथीभाइ भेट्न गएकामा १० बजेसम्म पनि नआएपछि खोजबिन गर्दा कतै नभेटिएको मैनालीले बताए । 

स्थानीय प्रभातफेरी साप्ताहिकका सम्पादक रहेका मैनालीले भने, “बिहान साथी भेट्न हिँडेको छोरा टीकाको साइत भइसक्दा पनि नआउँदा खोजबिन ग¥यौँ अहिलेसम्म कतै भेटिएन ।” सम्राट नभप्रतिभा बोर्डिङ स्कूलमा कक्षा ६ मा अध्ययनरत छन् । 

जिल्ला प्रहरी कार्यालयले सम्राटको खोजीका लागि आज बिहानैदेखि प्रहरी पलिचालन गरिएको जनाएको छ । प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने, “मातहतका सबै निकायमा सूचना गरी खोजतलास शुरु गरिसक्यौँ ।” 

सम्बन्धित समाचार

नगरपालिकाको सूचना अवज्ञा गर्दै काभ्रेपलाञ्चोकमा इँट्टाभट्टा सञ्चालन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेंशीमा सञ्चालन गरिरहेको इँट्टाभट्टा उद्योग बन्द गर्न र जग्गादातालाई जग्गा उपलब्ध नगराउन नगरपालिकाले सूचना जारी गरे पनि अहिले व्यवसायीले उक्त सूचना अवज्ञा गर्दै इँट्टाभट्टा सञ्चालन

काभ्रेमा भएको दुर्घटनामा दुईको मृत्यु

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।  काभे्रपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै

काभ्रेपलाञ्चोकमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ भाङ्गेटारमा गत शनिबार भएको दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु भएको घटनाका विषयमा छानबिन गर्न समिति बनाइएको छ । जिल्ला

काभ्रेमा भएको दुर्घटनामा पत्रकारसहित तीनको मृत्यु

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् ।  आजै पाँचखालमा भएको अर्को दुर्घटनामा


z