• २०८१ बैशाख १४ शुक्रबार

कृष्णनगरमा दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाइयो 

kharibot

कपिलवस्तु। कपिलवस्तुको कृष्णनगरमा मंगलबार दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटाइएको छ ।

मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि कृष्णनगरमा आइतबार बेलुकादेखि लगाइएको कर्फ्यु सोमबार बिहान र दिउँसो हटाए पनि बेलुकी ५ बजेपछि फेरि लगाइएको थियो ।

तर अहिले अवस्था सामान्य बन्दै गएकाले कर्फ्यु हटाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा गएको शुक्रबार दुई पक्षबीच विवाद भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै