• २०८१ बैशाख १५ शनिबार

पूर्व शिक्षिका सुमित्रा पौडेलको स्मृतिमा सरस्वती मन्दिर निर्माण

kharibot

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा–८ चप्परगाउँ स्थित श्री सूर्योदय आधारभूत विद्यालयमा पूर्व शिक्षिका सुमित्रा पौडेलको स्मृतिमा आज सरस्वती मन्दिरको उद्घाटन सम्पन्न भएको छ । सरस्वती पूजाको पवित्र दिन पारी स्व. सुमित्रा पौडेलको स्मृतिमा निर्मित सरस्वती मन्दिरमा रहेको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठासँगै उद्घान गरिएको समाजसेवी प्रेमनारायण पौडेलले बताए । पौडेलले आफ्नी स्व. श्रीमती सुमित्राको स्मृतिमा मन्दिर निर्माण गरेको बताउँदै  आगामी दिनमा पनि विद्यालयको विकासमा सधैं लागि पर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर एम.एल शर्मा भुसालले सिपमुलक शिक्षा आजको आवश्यकता रहेको  बताए ।  प्रमुख अतिथि भुसालले मन्दिरको उद्घाटन तथा सरस्वती देवीको मुर्ति अनावरण, प्राणप्रतिष्ठा एवम अक्षर आरम्म कार्यक्रममा बोल्दै यस्तो बताएका हुन । राज्यले शिक्षामा धेरै लगानी गरिरहदा पनि  पछिल्लो समय युवाहरु विदेश जाने परिपाटि अन्त्य हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै राज्यले शैक्षिक सुधार गदै  देशभित्रै विद्यार्थीहरुलाई पढ्ने वातावरण सृजना गर्नु पर्ने र रोजगारीको निमार्ण गर्न पर्नेमा भुसालले जोड दिए ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्य बलराम अधिकारीले शिक्षामा सुधार गर्न सके विकासले छिटो फड्को मार्ने बताए । समाज सुधारमा स्व पौडेलको योगदान सदा सम्मान योग्य रहेको बताउँदै  पौडेलले कोरेका सकरात्मक बाटोलाई सबैले अंगाल्नु पर्ने बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य गिधारीलाल न्यौपानेले स्व. पौडेलले विद्यालय, समाज र यस क्षेत्रमा गरेको योग्दानको उच्च कदर सधैं रहने बताए । साथै उनले पौडेलको भौतिक शरीर हामी माझ नभए पनि उहाँको स्मरण सदा रहने बताए । बाणगंगाका नगर प्रमुख चक्रपाणी अर्याले स्व. पौडेलले विद्यालयमा गरेको योगदान सधैं स्मरण  रहने बताए । 

कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष  बाबुराम अर्याल,नगर शिक्षा शाखा प्रमुख खिमबहादुर जिसि, समाजसेवी दुर्गा केसी, रविराज आचार्य, वडा सदस्य शैलेन्द्र बेल्बासे, बौद्धिक व्यक्त्वि बाबुराम भट्राई, स्व.पौडेलका सासुससुरा थानेश्वर पौडेल, शुसिला पौडेल, समस्त पौडेल परिवार, विद्यालयका शिक्षक शिक्षीका, विद्यार्थीहरु, बुद्धिजिवी, समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिति लगायतको उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षता,शिक्षिका कोपिला पन्थको  स्वागत मन्तव्यमा भएको कार्यक्रम हुमनाथ पौडेलले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै