• २०८१ बैशाख १६ आइतबार

अर्घाखाँचीको बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयो 

kharibot

सन्धिखर्क। अर्घाखाँचीको गाउँपालिका वडा नम्बर–५, बाँगीमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको  छ ।

मालारानी गाउँपालिका वडा नम्बर–५, बाँगी घाटखोलामा लु १ ज ३५०३ नम्बरको जीप दुर्घटना हुँदा चालकको ज्यान गएको हो । जीप चालक गुल्मीको धुर्कोट गाँउपालिका–३, गल्धा बस्ने शेरबहादुर थापा इन्द्रको उपचारका लागि बुटवल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

सन्धिखर्कदेखि गुल्मीको भनभने जान हिँडेको जीप दुर्घटनामा परेको हो । गाडीमा १५ जना सवार थिए । चालक बाहेक अन्य कोही पनि दुर्घटनामा घाइते नभएको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै