• २०८१ जेठ ४ शुक्रबार

भौतिक पूर्वाधार मन्त्रालयको आठ दशमलव तीन प्रतिशत खर्च

kharibot

काठमाडौँ। चालू आर्थिक वर्षको तीन महीनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूँजीगत खर्चको आठ दशमलव तीन प्रतिशत खर्च गरेको छ । 

मन्त्रालयका लागि छुट्याइएको रु एक खर्ब एक अर्ब बजेटमध्ये आठ प्रतिशतभन्दा माथि नै खर्च भइसकेको प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए । मन्त्रालयअन्तर्गत पूर्वाधार निर्माणसँग सम्बन्धित राष्ट्रिय गौरवका पाँच आयोजना छन् । 

हुलाकी राजमार्ग, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, उत्तर–दक्षिण कोरिडोर र द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरिएको छ । आर्थिक वर्षको शुरुवाती चरणमा टेण्डरको प्रक्रियामा जान समय लाग्ने भएकाले काम नै नभए जस्तो देखिने गरेको उनले बताए । 

सबै प्रक्रिया पूरा गरी तीन महीनामा आठ प्रतिशतभन्दा बढी खर्च हुनुलाई नराम्रो भन्न नसकिने प्रवक्ता शर्माको भनाइ छ । समयमै काम गर्न विभाग एवं आयोजनाहरुलाई निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै