फेसबुकले हटायो बालबालिकाका ८७ लाख नग्न तस्बिरहरु 

खरीबोट

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुकले ८७ लाख वटा बालबालिकाका नग्नतासम्बन्धी तस्बिरहरु हटाएको जनाएको छ । कम्पनीले तीन महिना अवधिमा मात्रै उक्त तस्बिर हटाइसकिएको जानकारी दिएको हो । 

कम्पनीले जनाएअनुसार यस्ता यौनसँग सम्बन्धित बालबालिकाका तस्बिरहरु हटाउने सफ्टवेयर विकास गरेर यस्तो कदम चालिएको हो । उक्त सफ्टवेयर पहिले नै राखिएको भए पनि अहिले मात्र सार्वजनिक गरिएको हो ।

त्यस्तै कम्पनीको अर्को प्रोग्रामले समेत यस्ता तस्बिरहरु खोज्ने बताइएको छ । हटाइएका तस्बिरहरुमा ९९ प्रतिशत तस्बिर कसैले उजुरी गर्नुअघि नै हटाइएको फेसबुकले जनाएको छ । गत वर्ष यस किसिमका तस्बिरलाई लिएर चर्को आलोचना खेप्नुपरेका कारण कम्पनी सक्रिय भएको हो । 

त्यस्ता तस्बिरहरु फेसबुकका गोप्य ग्रुपहरुमा सेयर गर्ने गरिएको पनि कम्पनीले खुलासा गरेको छ । बाल यौन दुराचारीका एकाउन्ट फेसबुकले अझै ब्लक नगरिसकेको भन्दै आलोचना बढ्दै गएको अवस्थामा फेसबुकले उक्त तस्बिर हटाएको जानकारी दिएको हो । 

सम्बन्धित समाचार

फेसबुक डाउनका कारण संसारभरका प्रयोगकर्तालाई समस्या 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतवार निकै समस्या देखियो । संसारभरका प्रयोगकर्तालाई फेसबुक चलाउन गाह्रो भयो ।  यस दिन फेसबुक डाउन हुनुका साथै प्रयोगकर्ताले आफ्नो न्युज फिड हेर्न सकिरहेका थिएनन् ।

अब फेसबुकबाट पठाइसकेको म्यासेज अनसेण्ड गर्न सकिने 

काठमाडौं । फेसबुकले पछिल्लो समय म्यासेन्जरमा अनसेन्ड फिचर थप्ने कुरा गरिरहेको थियो । फेसबुकले यो फिर युजरहरुलाई दिन सुरु गरिसकेको छ ।  अब युजरले च्याटको माध्यमले पठाइएको म्यासेज डिलिट गर्न सक्छन्

फेसबुकले सार्वजनिक गर्‍यो लास्सो एप, जसले भिडियोलाई अझै रोचक बनाउने ! 

अमेरिका । फेसबुकले भिडियोसम्बन्धी नयाँ एप ल्याएको छ । भिडियोलाई रोचक र रमाइलो बनाउन कम्पनीले लास्सो एप सार्वजनिक गरेको हो ।  उक्त एपमा धेरै फेस फिल्टर्सका साथै इफेक्टहरु पनि धेरै रहनेछन्

अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

सानफ्रान्सिस्को। अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५


z