• २०८१ बैशाख १६ आइतबार

साधारण नसम्झिनुहोस् बच्चाको कपाल झर्ने समस्या, यस्ता छन् यसका कारक रोगहरू

kharibot

काठमाडौँ । आजभोलि वृद्धहरुको मात्र नभई साना बालबालिकाको पनि कपाल झर्ने समस्या तीव्र गतिमा बढिरहेको छ । विशेषतः यो समस्या खानपिनमा ध्यान नदिनाले आउने गर्दछ ।

तर, यसबाहेक यसका अन्य कारण पनि हुन सक्छन् । बालबालिकाको कपाल झर्यो भने आमाबुबा चिन्तित हुनु स्वाभाविकै हो । करीब ९० प्रतिशत कपाल बढ्दो अवस्थामा हुन्छन् भने १० प्रतिशत कपाल बढेर विश्रामको अवस्थामा हुन्छन् ।

दुई तीन वर्षसम्म हरेक महिना एक व्यक्तिको कपाल १ सेन्टिमिटरको दरले बढ्छ र त्यसपछि कपाल बढ्ने क्रम रोकिन्छ । कपाल बढ्ने क्रम रोकिएपछि कपाल झर्न लाग्छ, ताकि नयाँ कपाल उत्पन्न हुन सकोस् । बालबालिकाको दैनिक ५० देखि १०० कपाल झर्नु त साधारण कुरा हो । त्यसबाहेक पनि यदि धेरै मात्रामा कपाल झर्न थाल्यो भने चिकित्सकको सल्लाह लिनु आवश्यक छ । 

अहिले वयस्कले मात्र नभई बालबालिकाले पनि कपाल रङ्गाउने चलन बढेको छ । कपाल रङ्गाउनु, ब्लीच गर्नु, स्ट्रेट गर्नु, घुमाउरो बनाउनु आदि कपालको स्वाभाविक अवस्था परिवर्तन गर्ने प्रयास बालबालिकाको कपालको लागि घातक हुन सक्छ । 

कपाल झर्नुका कारक रोगहरु  
एलोपेसिया : 
बालबालिकाको कपाल झर्नुमा एलोपेसिया प्रमुख कारण हो । अमेरिकाका करीब २० लाख बालबालिका एलोपेसिया रोगबाट ग्रस्त छन् । यद्यपि, धेरैजसो बालबालिकाको यो रोगको उपचार सफलतापूर्वक भएको देखिन्छ । तथापि, समयमा नै यसको उपचार नभएमा बालबालिकाको कपाल पुनः पलाउँदैन । यस्तोमा बालबालिका जीवनभर नाङ्गो शिर लिएर लजाएर बस्नुपर्ने अवस्था आउन सक्छ । 

टेलोजन एफ्लुवियम : 
आकस्मिक दुर्घटना अथवा ट्रमा, भावनात्मक समस्या आदिका कारण पनि बालबालिकाको कपाल झर्न सक्छ । ज्वरो पनि यसको कारण हुन सक्छ । टेलोजन एफ्लुवियम रोगले आक्रमण गर्यो भने चाहिँ कपाल पलाउन सहयोग गर्ने मांसपेशीमा असर पर्छ र एकपटक झरेको कपाल पुनः नपलाउन सक्छ । 

त्रिकोटिलोमेनिया:  बालबालिकाको आंशिक रुपमा कपाल झर्ने अवस्थालाई त्रिकोटिलोमेनिया भनिन्छ । यो रोग बढ्दै गएमा कपाल अस्वाभाविक रुपले झर्छ र कतिपय अवस्थामा त आँखीभौं पनि झर्न सक्छ । यसलाई ठीक गर्न कपाललाई जरैदेखि उखाल्नुपर्ने हुन सक्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै