• २०८१ जेठ ६ आइतबार

जर्मन चान्सलर मर्केलद्वारा सन् २०२१ पछि नेतृत्व छोड्ने घोषणा

kharibot

बर्लिन, जर्मनी। जर्मन चान्सलर एन्गेला मर्केलले उहाँको कार्यकालको सकिएपछि अर्को कार्यकालको लागि नेतृत्वको दावी नगर्ने सोमबार घोषणा गरेकी छन् । 

उनलाई निर्वाचित गराएको राजनीतिक गठबन्धन कमजोर हुँदै गएको अवस्थामा पुनः नेतृत्वको दावी गर्नु गलत हुने निश्कर्षकासाथ उनले नेतृत्वमा फेरी दाबि नगर्ने घोषणा गरेकी हुन् । 

जर्मनीलाई विगत १३ बर्षदेखि राजनीतिक नेतृत्व दिइरहेकी नेतृ मर्केलले आफ्नो दलको मुख्यालयमा सञ्चारकर्मीसँग भनीन्, “अब नयाँ अध्यायको शुरू गर्ने बेला भएको छ ।” 

मर्केलले नेतृत्वबाट आफ्नो विदाइसँगै क्रिश्चियन डेमोक्रेटिक यूनियनको गठबन्धनमा पनि नेतृत्वका लागि सङ्घर्ष हुनसक्ने बताउँदै गठबन्धनलाई यूरोपको विशाल अर्थतन्त्र सम्हाल्न जिम्मेवार भएर प्रस्तुत हुनेमा विश्वास व्यक्त गरीन् । 

आफ्नै गठबन्धन समूहभित्रको सङ्कटबारे बोल्दै उनले भनिन्, गठबन्धनमा रहेको विवादका कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आउनु आफ्नो लागि अस्वीकार्य भएको बताइन् । 

जर्मन राज्य हेसेसमा आइतबार देखिएको निर्वाचन परिणाम गठबन्धनका लागि ‘एउटा नया मोडको सङ्केत मात्रै भएको तर आफ्नो गठबन्धनलाई सुधार्ने मौका रहेको’ उनको प्रतिक्रिया थियो । उनले जर्मनीका प्रमुख राजनीतिक दल तथा आफ्नै गठबन्धनले पनि सोचेर अघि बढ्नुपर्ने बताइन् । 

मर्केलले आफूले चौँथो कार्याकालको अन्त्यसँगै जर्मनीको अर्को निर्वाचनमा उम्मेदवारी नदिने साथै चान्सलरका रूपमा जनादेशलाई नवीकरण पनि नगर्ने सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा बताइन् । मर्केलको घोषणासँगै उनको पदको प्रमुख आकाङ्क्षीका रूपमा कम्तीमा चार जना अघि सर्ने देखिएको छ । 

तर मर्केलले आफ्नो उत्तराधिकारीको घोषणा आफुले नगरी प्रजातान्त्रिक प्रक्रियाबाट दलले नै छान्ने गरी छोड्ने बताएकी छन् । उनले नेतृत्व चयनबारे बोल्दै भनिन्, मैले मेरो दलले लिने प्रजातान्त्रिक निर्णयलाई स्वीकार गर्नेछु । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै