कस्तो हुनेछ सामसुङको ग्यालेक्सी एस१० स्मार्टफोन ?

खरीबोट

सामसुङ कम्पनीले ल्याउने आगामी बहुप्रतीक्षित एस१० स्मार्टफोनबारे नयाँ तथ्य खुलासा भएको छ । उक्त फोनको डिस्प्ले व्यापक विस्तार हुने बताइएको छ ।

फोन सार्वजनिक हुनुअघि नै भएको यसबारेको खुलासाअनुसार आगामी फोनमा स्क्रिनवरिपरि कुनै पनि बेजेल (काँचको धार) नहुने र फेसबटन तल लुकेको हुने पनि बताइएको छ । 

बेजेल भनेका स्मार्टफोनको टचस्क्रिनवरिपरिका घेराहरु हुन् जसले होमबटन, सेन्सर, क्यामरा र स्पिकरलाई समेटेको हुन्छ । यसअघिको खुलासा ओलेड फोरमबाट भएको थियो, जुन चीनको एक होटलमा भएको थियो ।  

द सनका अनुसार उक्त लिक चर्चित लिकर युनिभर्सेलाइसले फोटोबाट गरेका हुन् । कम्पनीले नयाँ फोनहरु अन्डर द स्क्रिन प्रविधिसाथ सार्वजनिक गर्न लागेको हो । यदि यो सत्य भए सामसुङको एस१० बेजेल वा नोच (खोपिल्टो)रहित हुनेछ । अर्थात् पूरै स्क्रिन डिस्प्ले हुनेछ । यद्यपि सामसुङले यसबारे खुलाइसकेको छैन । 

यसले के देखाउँछ भने आगामी एस१० स्मार्टफोन अलस्क्रिनयुक्त हुने कुरामा भने दुई मत नरहेको मानिएको छ । 

सम्बन्धित समाचार

कस्तो हुनेछ सामसुङको ग्यालेक्सी एस१० स्मार्टफोन ?

सामसुङ कम्पनीले ल्याउने आगामी बहुप्रतीक्षित एस१० स्मार्टफोनबारे नयाँ तथ्य खुलासा भएको छ । उक्त फोनको डिस्प्ले व्यापक विस्तार हुने बताइएको छ । फोन सार्वजनिक हुनुअघि नै भएको यसबारेको खुलासाअनुसार आगामी फोनमा

फोल्ड गर्न मिल्ने स्मार्टफोन कसको पहिला ? सामसुङलाई उछिन्ने दाउमा हुवावे !

एक रिपोर्टका अनुसार स्मार्टफोन निर्माता कम्पनीहरुबीच फोल्ड गर्न मिल्ने स्मार्टफोन ल्याउन प्रतिस्पर्धा हुने भएको छ । सामसुङले यस्तो फोन ल्याउने तयारी गरिरहेका बेला चिनियाँ स्मार्टफोन निर्माता हुवावेले त्यसअघि नै फोल्ड

सामसुङका सीईओकै कमजोरीले आउँदो फोन 'ग्यालेक्सी नोट ९' बारे खुलासा !

युरोप । सामसुङका एक उच्च अधिकारीको बेहोसियारीले कम्पनीको आउँदो बहुप्रतीक्षित फोनबारे खुलासा भएको छ । उक्त फोनलाई धेरैले अब आउनलागेको कम्पनीको बहुप्रतीक्षित फोनका रुपमा यसलाई लिएका हुन् ।  दक्षिण कोरियाली सीईओ

विपद् जोखिम न्यूनीकरण परियोजनाको लागि रेडक्रस र सामसुङको सहकार्य

धरान । विपद् पूर्वतयारी र समुदायउत्थानशिलतावढाउन नेपाल रेडक्रस सोसाईटी (नेरेसो), रेडक्रसको अन्तराष्ट्रिय महासंघ (फेडरेशन) र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण (सिविडिआरआर) कोशी वेशिन


z