• २०८१ बैशाख १५ शनिबार

महामारीमा पनि सामसुङको मुनाफा ५३ प्रतिशतले वृद्धि

kharibot

सोल । दक्षिण कोरियाली विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले बिहीबार आफ्नो सञ्चालन मुनाफा सन् २०२१ को चौथो त्रैमासिकमा ५३.३ प्रतिशतले वृद्धि भएको बताएको छ । उच्च बिक्रीले महामारीबाट प्रभावित आपूर्ति चुनौतीमाथि विजय हासिल गर्न कम्पनी सफल भएको देखिएको छ । 

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माताले सन् २०२१ को अक्टोबर–डिसेम्बर अवधिको लागि यसको सञ्चालन मुनाफा १३.८७ अर्ब वन  (करिब ११ अर्ब ५५ करोड अमेरिकी डलर) पुगेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब सात अर्ब ५० करोड अमेरिकी डलरले बढी हो ।

मेमोरी चिपको उच्च मूल्य र उपभोक्ताको तीव्र मागले गर्दा सन् २०२१ मा सामसुङले सबैभन्दा बढी वार्षिक बिक्री २७९.६ ट्रिलियन खर्ब प्राप्त गरेको थियो । यो एक वर्ष पहिलेको भन्दा १८ प्रतिशतको वृद्धि भएको कम्पनीले तथ्याङ्कमा उल्लेख गरिएको छ । फाइलिङमा बतायो।

सामसुङले निरन्तर अनिश्चितताको बावजूद प्रतिस्पर्धी उत्पादनको कारण उच्च बिक्री गर्न सफल भएको बताएको छ । कम्पनीले आफ्नो स्मार्टफोनप्रतिको आकर्षण थप बलियो बन्दै गएको पनि दावी गरेको छ ।

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्रमा समस्या ल्याएको भएपनि यसले थुप्रै प्राविधिक कम्पनीहरूको प्रगतिमा मद्दत गरेको छ ।

महामारीका कारण घरबाटै  काम गर्ने क्रम बढेसँगै सामसुङको चिप्सबाट संचालित उपकरणहरुको मागमा पनि वृद्धि भएको छ । साथै टेलिभिजन तथा वासिङ मेसिन जस्ता घरेलु उपकरणहरुको पनि प्रयोगमा बृद्धि भएको छ । 

तर सामसुङपछि दक्षिण कोरियाको दोस्रो ठूलो उपकरण कम्पनी एलजी इलेक्ट्रोनिक्सले आफ्नो सञ्चालन मुनाफा २१.४ प्रतिशतले घटेको बताएको छ । एलजीले यो वर्ष चौथो त्रैमासिकमा आफ्नो मुनाफामा ६७७.७ बिलियनले वन मात्र रहेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै