सामसुङ कम्पनीले ल्याउने आगामी बहुप्रतीक्षित एस१० स्मार्टफोनबारे नयाँ तथ्य खुलासा भएको छ । उक्त फोनको डिस्प्ले व्यापक विस्तार हुने बताइएको छ ।
फोन सार्वजनिक हुनुअघि नै भएको यसबारेको खुलासाअनुसार आगामी फोनमा स्क्रिनवरिपरि कुनै पनि बेजेल (काँचको धार) नहुने र फेसबटन तल लुकेको हुने पनि बताइएको छ ।
बेजेल भनेका स्मार्टफोनको टचस्क्रिनवरिपरिका घेराहरु हुन् जसले होमबटन, सेन्सर, क्यामरा र स्पिकरलाई समेटेको हुन्छ । यसअघिको खुलासा ओलेड फोरमबाट भएको थियो, जुन चीनको एक होटलमा भएको थियो ।
द सनका अनुसार उक्त लिक चर्चित लिकर युनिभर्सेलाइसले फोटोबाट गरेका हुन् । कम्पनीले नयाँ फोनहरु अन्डर द स्क्रिन प्रविधिसाथ सार्वजनिक गर्न लागेको हो । यदि यो सत्य भए सामसुङको एस१० बेजेल वा नोच (खोपिल्टो)रहित हुनेछ । अर्थात् पूरै स्क्रिन डिस्प्ले हुनेछ । यद्यपि सामसुङले यसबारे खुलाइसकेको छैन ।
यसले के देखाउँछ भने आगामी एस१० स्मार्टफोन अलस्क्रिनयुक्त हुने कुरामा भने दुई मत नरहेको मानिएको छ ।