• २०८१ बैशाख १५ शनिबार

नवलपरासीमा गैँडा मृत फेला

kharibot

नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सेहरीमा अन्दाजी दुई वर्षको अर्धवयस्क पोथी गैँडा मृतावस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत नुरेन्द्र अर्यालले गैँडाको मृत्यु के कारणले भएको भन्ने बारेमा अझै यकिन नभएको बताए ।

चिकित्सकको टोली गैँडा मरेको स्थानमा पुगेको र शवपरीक्षणपछि मृत्युको कारण यकिन हुने सहायक संरक्षक अधिकृत अर्यालले बताए । दुई वटा गैँडा जुधेर घाइते भएर सो गैँडा मरेको हुन सक्ने उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय