अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द

खरीबोट

सानफ्रान्सिस्को। अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । 

अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा गरेको हो । अमेरिकामा मङ्गलबार मध्यावधि चुनाव हुँदैछ । 

गत साता प्रकाशित एक अध्ययनमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको भन्दा बढी मात्रामा यसपटक सामाजिक सञ्जाल मार्फत गलत सूचना प्रवाह भएको देखिएको छ । राष्ट्रपतीय निर्वाचनताका राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा रुसीहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी सघाएको आरोप लाग्दै आएको छ । 

“आइतबार साँझ, अमेरिकी कानुन कार्यान्वयन निकायले अनलाइन गतिविधिका बारेमा हामीसँग सम्पर्क राखेका थिए । उनीहरुको विचारमा ती खाताहरु विदेशी व्यक्ति एवं संस्थासँग सम्बन्धित थिए,” फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नाथानिल ग्लेचरले बताउनुभयो । “हामीले तत्कालै ती खाता बन्द गरिदियौं र हामी अहिले त्यसका बारेमा विस्तृत रुपमा बुझ्ने क्रममा छौं ।” 

ग्लेचरको भनाइ अनुसार फेसबुकका ३० र इन्स्टाग्रामका ८५ खाता भएका व्यक्ति एवं संस्थाका कृयाकलाप शङ्कास्पद रहेको पहिचान भएको छ । उक्त खाताहरु फ्रान्सेली र रुसीसँग सम्बन्धित रहेको पाइएको छ । 

अमेरिकी मध्यावधि चुनावमा फेसबुक मार्फत हुनसक्ने गडबडी रोक्न फेसबुकले व्यापक जनशक्ति परिचालन गरेको छ । यो कार्यका लागि फेसबुकले करिब २० हजार कर्मचारी खटाएको छ । 

सम्बन्धित समाचार

फेसबुकबाट चिट्ठा पर्यो भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । चिट्ठा पर्यो भन्दै भाइवर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौँ ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साजाजिक सन्जालमा प्रभुत्व जनाएका फेसबुक, ट्वीटर र गुगलजस्ता कम्पनीहरू प्रतिपक्षी दल ‘डेमोक्रेटिक पार्टी’ को पक्षपोषणमा लागेको आरोप लगाएका छन् ।  ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन्

फेसबुक डाउनका कारण संसारभरका प्रयोगकर्तालाई समस्या 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आइतवार निकै समस्या देखियो । संसारभरका प्रयोगकर्तालाई फेसबुक चलाउन गाह्रो भयो ।  यस दिन फेसबुक डाउन हुनुका साथै प्रयोगकर्ताले आफ्नो न्युज फिड हेर्न सकिरहेका थिएनन् ।

अब फेसबुकबाट पठाइसकेको म्यासेज अनसेण्ड गर्न सकिने 

काठमाडौं । फेसबुकले पछिल्लो समय म्यासेन्जरमा अनसेन्ड फिचर थप्ने कुरा गरिरहेको थियो । फेसबुकले यो फिर युजरहरुलाई दिन सुरु गरिसकेको छ ।  अब युजरले च्याटको माध्यमले पठाइएको म्यासेज डिलिट गर्न सक्छन्


z