सन् २०१८ मा भूमध्यसागर क्षेत्रमा दुई हजार शरणार्थीको डुबेर मृत्यु : राष्ट्रसंघ

खरीबोट

जेनेभा / सन् २०१८ को जनवरीदेखि गत हप्तासम्म भूमध्यसमगर क्षेत्रमा यूरोप जाने क्रममा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । 

राष्ट्रसङ्घले भनेको छ मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको थियो । 

“गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस बर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो,” राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेले बताए  । 

उहाँले यस बर्ष यूरोप पुग्ने आप्रबासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेका बताए । यस बर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ । 

सम्बन्धित समाचार

संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

दक्षिण कोरिया । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार

भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि संयुक्त राष्ट्रसंघको आह्वान

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताएका छन् ।  “हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा

‘सरकारबाट निराशा, युएनको भरोसा’ भन्दै विद्यार्थीले राष्ट्रसंघलाई हस्ताक्षर बुझाए

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन  माग गर्दै त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले ५० मिटर लामो कपडामा हस्ताक्षर संकलन गरी  संयुक्त राष्ट्रसंघलाई  बुझाएका छन् ।  बलात्कारपछि हत्या गरेको

फक्स न्यूजकी पुर्वपत्रकार हिथर नुअर्ट राष्ट्रसंघमा अमेरिकी राजदूतमा मनोनित हुदै 

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नुअर्टलाई राष्ट्रसंघका लागि भावी अमेरिकी राजदूतमा मनोनयन गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् ।  ह्वाइट हाउसका दुईजना अधिकारीले हिथरको मनोनयन लगभग


z