सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

खरीबोट

काठमाडौँ। नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । 

निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई बुधबार ८.५ लाख लिटर पेट्रोल र ४.५ लाख लिटर डिजेल वितरण गरिएको डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले बताए । निगमले मङ्गलबार ८.५ लाख लिटर पेट्रोल र ८.३ लाख लिटर डिजेल विभिन्न पम्पलाई उपलब्ध गराएको थियो । 

डिपोले काठमाडौँ उपत्यका, बनेपा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र सिन्धुलीका केही भू–भागका पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउँदै आएको छ । प्रत्येक पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको उनले जानकारी दिए । 

आज लक्ष्मी पूजाका दिन सार्वजनिक बिदा भए पनि थानकोटस्थित डिपो भने खुल्ला नै रहेको छ । निगमले सार्वजनिक बिदाका दिनसम्म पुग्ने गरी इन्धनको पर्याप्त मौज्दात राख्न र इन्धन आवश्यक परे ट्याङ्कर डिपोमा पठाउनसमेत आग्रह गरेको छ । 

सार्वजनिक बिदाका दिन भए पनि आकस्मिक रुपमा इन्धनको माग भएमा उपलब्ध गराउन दुई अधिकृतकसहित आठ कर्मचारीलाई तयारी अवस्थामा राखिएको डिपो प्रमुख रेग्मीले बताए । निगमले दशैँको सार्वजनिक बिदाका दिनमा समेत उपत्यकामा इन्धनको अभाव हुन नदिन डिपो खुल्ला नै राखेको थियो । 

निगमको थानकोटस्थित डिपोमा डिजेल ७० लाख र पेट्रोल ४० लाख लिटर भण्डारण क्षमता रहेको छ । डिपोमा पर्याप्त मात्रामा इन्धन मौज्दात रहेकाले कुनै अभाव नहुने उनले बताए । 

सम्बन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घट्यो  

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रति लिटर दुई रुपैयाँ घटाएको छ ।  बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति

निगमले पेट्रोल र डिजेल र मट्टितेलको मुल्य घटायो 

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ

नेपाल आयल निगमको मासिक घाटा एक अर्बभन्दा बढी 

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मासिक घाटा बढेर रु एक अर्ब २९ करोड पुग्ने तथ्य सार्वजनिक गरेको छ ।  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता, अब पुरानै मुल्यमा पाइने 

काठमाडौँ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको आकस्मिक बैठकले हिजो बढाइएको पेट्रोलियम पदार्थ र खान पकाउने ग्याँसको मूल्य फिर्ता गर्ने निर्णय गरेको छ । बढेको मूल्य फिर्ता भएसँग पुरानै


z