• २०८१ बैशाख १७ सोमबार

भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । भारतीय आयात कर्पोरेसनले  पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । फागुन १७ (मार्च १) गते प्राप्त नयाँ मूल्यसूचीअनुसार आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसनबाट यसअघि फेब्रुअरी १६ (फागुन ४) मा प्राप्त मूल्यभन्दा मार्च १ (फागुन १७) मा प्रतिलिटर पेट्रोल तीन रुपैयाँ ८९ पैसा, डिजेल तीन रुपैयाँ ०८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको उल्लेख गरको छ ।

निगमले भनेको छ- 'रसिया र युक्रेनबीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप वृद्धि भई उच्चतम विन्दुमा रही कच्चा तेलको मूल्य झन्डै अमेरिकी डलर ९५ देखि १०५ प्रतिब्यारेलसम्म पुगिसकेको अवस्था छ  ।'

निगमले अगाडी भनेको छ- 'इन्डियन आयल कर्पोरेसनबाट यसअघि फेब्रुअरी १६ (फागुन ४) मा प्राप्त मूल्यभन्दा आज मार्च १ (फागुन १७) मा प्राप्त नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल तीन रुपैयाँ ८९ पैसा, डिजेल तीन रुपैयाँ ०८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा, हवाई इन्धन तीन रुपैयाँ ३२ पैसा र एलपी ग्यास प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको हुँदा निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब नौ करोड घाटा हुने स्थिति देखिएको छ ।'

निगमको विज्ञप्ति: 
 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै