• २०८१ बैशाख १४ शुक्रबार

मिलानविरुद्ध युभेन्टसको सहज जित, रोनाल्डो र मोन्डुजीकले गरे गोल 

kharibot

काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एसी मिलानलाई पराजित गरेको छ । गएराती भएको खेलमा युभेन्टसले मिलानलाई २-० गोल अन्तरले पराजित गरेको हो। 

युभेन्टसको जितमा मारियो मोन्डुजीक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए। खेलको ४१औ मिनेटमा पेनाल्टी मिस गरेका मिलानका गोञ्जालो हुगैनले खेलको ८४औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि मिलान १० खेलाडीमा सिमित भएको थियो। 

युभेन्टसले सिजनका सुरुको १२ खेलमा ३४ अंक बटुल्दै नयाँ रेकर्ड बनाएको छ । साथै दोस्रो स्थानमा रहेको नापोलीसँग ६ अंकको अग्रता कायम गरेको छ। त्यस्तै मिलान भने १२ खेलमा २१ अंकसहित लिगमा पाचौ स्थानमा रहेको छ। 

युभेन्ट्सका लागि मारियो मोन्डुजीकले सिरी ए मा आफ्नो सयौ गोल गरेका छन्। अब अन्तर्राष्ट्रिय ब्रेकबाट फर्किएपछि युभेन्ट्सले सिरी ए मा लाजियोविरुद्द खेल्ने छ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै