• २०८१ बैशाख १७ सोमबार

फेसबुकले सार्वजनिक गर्‍यो लास्सो एप, जसले भिडियोलाई अझै रोचक बनाउने ! 

kharibot

फाइल तस्बिर ।

अमेरिका । फेसबुकले भिडियोसम्बन्धी नयाँ एप ल्याएको छ । भिडियोलाई रोचक र रमाइलो बनाउन कम्पनीले लास्सो एप सार्वजनिक गरेको हो । 

उक्त एपमा धेरै फेस फिल्टर्सका साथै इफेक्टहरु पनि धेरै रहनेछन् जले प्रयोगकर्तालाई भरपूर रमाइलो प्रदान गर्नेछ । 

यो एपको नामा लास्सो एप हो । जसमा प्रयोगकर्ताले छोटा प्रकृतिका भिडियोहरु बनाउन सक्नेछन् भने त्यसलाई सेयरसमेत गर्न सक्नेछन् । 

यस एपको मुख्य विशेषता भनेको भिडियो सम्पादन टुल समेत हो । यसमा प्रयोगकर्ताले अक्षरसँगै अन्य म्युजिक समेत जोडेर भिडियो बनाउन सक्नेछन् । 

यो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध रहेको छ । तर ध्यान दिनुपर्ने कुराचाहिँ यस एपबाट सेयर गरिसकेपछि सबै प्रोफाइलहरु र भिडियोहरु सार्वजनिक हुनेछन् । 

तत्काललाई यो एप अमेरिकामा उपलब्ध गराइएको छ । पछिल्लो समय फेसबुकले युट्युब र स्न्यापच्याटजस्ता भिडियो सेवा उपलब्ध गराउने कम्पनीलाई टक्कर दिन चाहेको छ । 

यो एप प्रयोग गर्न प्रयोगकर्ताले फेसबुक वा इन्स्टाग्राममा आफ्नो एकाउन्टमार्फत लग इन गर्नुपर्ने बताइएको छ । जुन गरिसकेपछि भिडियोलाई आआफ्नो फेसबुक स्टोरिजमा सेयर गर्नुपर्छ । तर विश्वव्यापी रुपमा भने फेसबुकले यो एप कहिले सार्वजनिक गर्छ भन्नेचाहिँ खुल्नै बाँकी छ । यसबारे कम्पनीले केही घोषणा गरिसकेको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै