• २०८१ बैशाख १४ शुक्रबार

त्रिवि चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको गभर्निङ बोर्डको सदस्यमा निर्वाचित

kharibot

काठमाडौँ। चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो । 

सङ्घले बेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्ञिक उन्नयन, वैज्ञानिक एवं सिर्जनशील अनुसन्धानको क्षेत्रमा सहयोगको आदानप्रदान, सूचना तथा प्रविधिको आदानप्रदान, वैज्ञानिक सहयोगको नेतृत्व, विज्ञान तथा प्रविधिको विकासका लागि सरकार र नीति निर्मातालाई सुझाव, भूमण्डलीय एवं क्षेत्रीय महत्वपूर्ण विषयमा संयुक्त अनुसन्धानलाई आफ्नो प्राथमिकताको क्षेत्र बनाएको छ । 

सम्मेलनमा बेल्ट एण्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठान सहभागी भएको त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीले जानकारी दिए । सङ्घको ३७ वटा संस्थापक सदस्यमध्ये नौ वटा प्राज्ञिक एवम् वैज्ञानिक संस्था गभर्निङ बोर्डमा छनौट भएका हुन् । 

पहिलो दुईवर्षे कार्यकालका लागि चाइनिज एकेडेमी अफ साइन्सेस अध्यक्षमा चयन भएको छ भने रसियन एकेडेमी अफ साइसेन्स र पाकिस्तान एकेडेमी अफ साइसेन्स सहअध्यक्षका रुपमा चयन भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै