• २०८१ बैशाख ८ शनिबार

सुकीलाई दिएको सर्वोच्च सम्मान एम्नेस्टीद्वारा फिर्ता

kharibot

काठमाडौँ।  मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई दिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ ।प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा आफ्नै घरमा नजरबन्दमा रहेको बेला सन् २००९ मा सूकीलाई दिएको एम्बेसडर अफ कन्साइन्सस अवार्ड फिर्ता लिएको हो ।

म्यान्मारमा अल्पसंख्यक रोहिन्ग्या समुदायका लाखौ मानिसले म्यानम्यार छोड्नु परेको घटनामा चुप रहेकोमा निराशा जनाउँदै उपाधि फिर्ता लिने निर्णय गरेको एमनेस्टिले जनाएको छ।

बेलायतस्थित एम्नेस्टीले सुकीलाई यसबारे जानकारी दिदै मानवाधिकारको पक्षमा सुकीको अहिलेको भूमिका सन्तोषजनक नभएको र यस अवार्डका लागि त्यति बेलाको जस्तो अहिले सुकीले न्याय गर्न नसकेको उल्लेख गरेको छ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै