कुन देशसँग कति सुपरकम्प्युटर ? अमेरिकाले पुनः उछिन्यो चीनलाई 

खरीबोट

अमेरिकाको टेन्निसीमा रहेको ओक रिज नेशनल ल्याबोरेटोरीमा राखिएको समिट सुपरकम्प्युटर

विश्वका अत्यन्त शक्तिशाली सुपरकम्प्युटरहरुको सूचीमा अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको छ । पहिलो र दोस्रो स्थान कब्जा गर्दै अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको हो । 

उच्च ५०० त्यस्ता कम्प्युटरको सूची पछिल्लोपटक एकै वर्ष दुई पटक प्रकाशित गरिएकोमा अमेरिकी समिट र सिएरा मेसिनले पहिलो र दोस्रो स्थान कब्जा गरेका हुन् । टप १० मध्ये अमेरिकाको पाँच इन्ट्री छ भने बाँकीमा स्विट्जरल्यान्ड, जर्मनी र जापानका छन् । 

चीनसँग टप ५०० मध्ये कुल २२७ त्यस्ता मेसिन छन् भने अमेरिकासँग १०९ वटा रहेको छ । 

अमेरिकी समिटले प्रतिसेकेण्ड २ सय ट्रिलियन क्याल्कुलेसन प्रक्रिया पूरा गर्नसक्छ । समिट र सिएरा दुवै प्रविधि कम्पनी आईबीएमले बनाएको हो । 

त्यस्तै चीनको सनवे टाइहललाइट सुपरकम्प्युटर अहिले तेस्रो नम्बरमा रहेको छ । अघिल्लो वर्ष यो सुपरकम्प्युटर पहिलो स्थानमा रहेको थियो । त्यस्तै चौँथो नम्बरमा पनि चीनकै मेसिन रहेको छ । 

समिटको २०० को तुलनामा सनवे टाइहललाइट सुपरकम्प्युटरको ९३ पेटाफ्लप्स प्रोसेसिंग पावर रहेको छ । 

त्यस्तै दोस्रो स्थानको सिएराको प्रोसेसिंग पावर ९४ पेटाफ्लप्स रहेको छ । जुन लरेन्स लिभरमोर नेशनल ल्याबमा रहेको छ । 

सामान्यतया सुपरकम्प्युटरहरु एकदमै ठूला र महंगा प्रकृतिका दशौँ हजार प्रोसेसरहरुको सिष्टम फिचरहरु रहेका हुन्छन् । खासगरी विशिष्टीकृत क्याल्कुलेसन इन्टेन्सिभ टास्क प्रयोजनका लागि यस्ता कम्प्युटरहरु बनाइएका हुन् । जस्तै जलवायु परिवर्तनको अध्ययन, आणविक हतियार तथा मौसम भविष्यवाणीबारे अध्ययन गर्न यी कम्प्युटरहरुको भूमिका महत्वपूर्ण हुने बताइएको छ । 

सम्बन्धित समाचार

अमेरिकाले अहिलेसम्मकै शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने !

अमेरिकी सरकारले कम्प्युटर सामाग्रीहरू निर्माण गर्ने कम्पनी इन्टेल र क्रे सँग सहकार्य गरेर अहिलेसम्मकै शक्तिशाली सुपरकम्प्युटर निर्माण गर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार सन् २०२१ सम्म निर्माण गरिसक्ने योजना रहेको

अस्ट्रेलियाली राजनीतिक दल र संसदको कम्प्युटर ह्याक

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाले मुलुकका प्रमुख राजनीतिक दलहरु र संसदका सूचनाहरु ह्याक भएको जनाएको छ । निकै प्रतिस्पर्धात्मक हुने ठानिएको अस्ट्रेलियाको आमनिर्वाचनको सङ्घारमै गोप्य सूचना बाहिरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले

कुन देशसँग कति सुपरकम्प्युटर ? अमेरिकाले पुनः उछिन्यो चीनलाई 

विश्वका अत्यन्त शक्तिशाली सुपरकम्प्युटरहरुको सूचीमा अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको छ । पहिलो र दोस्रो स्थान कब्जा गर्दै अमेरिकाले चीनलाई तेस्रो स्थानमा धकेलिदिएको हो ।  उच्च ५०० त्यस्ता कम्प्युटरको सूची पछिल्लोपटक

मोतीपुर खानेपानी उपभोक्तालाई कृषि विकास बैंकको कम्प्युटर

काठमाडौं । कृषि विकास बैंक लि. फर्साटिकर उपशाखाले सोमबार मोतिपुर रुपन्देहीमा सामाजिक सामुदायिक कार्यक्रमअन्तर्गत एक उपभोक्ता संस्थालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।  बैंकको फर्साटिकर उप¬शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति


z