• २०८१ बैशाख २३ आइतबार

राजदुत थापालाई फिर्ता बोलाउने सरकारको निर्णयमा राप्रपाको विरोध 

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई फिर्ता बोलाउने सरकारको निर्णयको विरोध गरेको छ ।

फिर्ता बोलाउने निर्णय सार्वजनिक भएको भोलिपल्ट शुक्रबार राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो राजनीतिक र कुटनीतिक अनुभव संगालेका थापालाई राजदुतबाट फिर्ता बोलाउनुको कारण सरकारले प्रष्ट पारेको छैन ।’

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा कार्यरत राजदुत निरञ्जन थापालाई तीन साताको म्याद दिएर फिर्ता बोलाएर डा. अञ्जान शाक्यलाई पठाउने निर्णय गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै