• २०८१ बैशाख १८ मंगलबार

उत्तर कोरियाद्वारा उच्च अत्याधुनिक प्रविधिको हतियार परीक्षण 

kharibot

फाइल तस्बिर ।

विश्व । लामो समययता क्षेप्यास्त्रलगायतका हतियार परीक्षण नगरेको उत्तर कोरियाले उच्च अत्याधुनिक प्रविधिको हतियार परीक्षण गरेको छ । एजेन्सीहरुका अनुसार उक्त देशको सरकारी सञ्चारमाध्यमले शुक्रबार जनाएअनुसार कोरियाले नयाँ, विकसित र अत्याधुनिक हतियारको परीक्षण गरिएको हो । 

जुन परीक्षण उत्तर कोरियाका प्रमुख नेता किम जोंग उनको उपस्थितिमा गरिएको थियो । तर कस्तो प्रकारको हतियार हो भन्नेबारे खुलासा भइसकेको छैन । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली प्रमुखबीच सिंगापुरमा भएको भेटपछि उत्तर कोरियाले पहिलोपटक हतियार परीक्षण गरेको हो ।

यो परीक्षण वासिंग्टनका लागि सन्देश दिन खोजिएको हुनसक्ने विभिन्न मिडियाहरुले जनाएका छन् । 

ट्रम्प र उनबीच दोस्रो भेटको चर्चा चलिरहँदा यस्तो परीक्षण गरिएको छ । यसअघि दक्षिण कोरिया र अमेरिकाले पनि लामो समययता स्थगित सैन्य अभ्यास कोरियामा गरेका थिए । उत्तर कोरियाले पछिल्लो हतियारलाई निकै ट्याक्टिकल वेपन भनेको छ । 

दक्षिण कोरियाली सुरक्षा स्रोतहरुले एजेन्सीहरुलाई दिएको जानकारीअनुसार उक्त हतियार सम्भवतः लामो दूरीको मल्टिपल रकेट लन्चर हुनसक्नेछ । 

बिहीबारमात्रै अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दुई राष्ट्रका प्रमुखबीचको दोस्रो भेटअघि आणविक अवस्थाको सूचनाबारे विस्तृत माग नराखिने बताएका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै