• २०८१ बैशाख १४ शुक्रबार

काष्ठकलामा निपूर्ण पूर्णलक्ष्मी 

kharibot

काठमाडौं । छोरा मान्छेको तुलनामा छोरी मान्छेले अप्ठ्यारो काम गर्न सक्दैनन्, पुरुषको दाँजोमा महिलाले थोरै काम गर्ने भएकाले नै पछि पर्छन् भन्ने नेपाली भनाइलाई गलत साबित गरिदिने धेरै नारीमध्ये एक हुन् पूर्ण लक्ष्मी शाक्य ।

ललितपुरको बुङमतीमा जन्मिएकी पूर्णलक्ष्मीले १५ वर्षको उमेरदेखि नै पुख्र्यौली पेसा सुरु गरिन् । अझ भनौ काठमा विभिन्न मूर्तिहरु बनाउन सुरु गरिन् । त्यतिबेलाको समय छोरीहरुले बाहिरी काम गर्नुहुन्न, घरभित्र चुलाचौका मात्र छोरीले गर्ने काम हो भन्ने समयमा उनले बा, आमाको आग्रहलाई पर सारेर काष्ठकलातिर लागिन् । 

आफ्नो व्यवसायलाई छोराछोरीले पछिल्लो पुस्ता वा आफ्ना छोराछोरीले सम्हालून् भन्ने सबै बा, आमाको चाहना हुन्छ तर उनका बा, आमाले उनलाई स्वतन्त्र रुपमा पेसा अंगाल्न दिएनन् । यसको कारण छोरीेले घरको काम गर्नुपर्छ भन्ने हाम्रो समाजको मान्यता नै थियो ।

आफ्नो हजुरबुबा र बुवाले समेत गर्दै आएको काष्ठकलाको पेसा उनलाई औधी मन पथ्र्यो रे । उनी भन्छिन्, “सानैदेखि देखेर हो वा के हो  मलाई काष्ठकलामा विशेष चाख थियो ।”

आफूले मूर्ति बनाउन सक्छु भन्ने नलाग्दै उनी मूर्ति बनाउन पूर्ण बनिन्  । बुवाले बनाएको हेर्दाहेदै आफूले पनि बनाउन सुरु गरेको उनको भनाइ छ । एकपटक देखेको भरमा जस्तोसुकै मूर्ति बनाउनसक्ने क्षमता भएको कारण पनि उनलाई यो पेसामा लाग्न सहज भएको उनले बताइन् । 

विगत २१ वर्षदेखि कलाकारिता क्षेत्रमा लागिपरेकी पूर्णलक्ष्मी आफ्नो इच्छा र चाहना भए जस्तोसुकै काम गर्न सकिने दृढता व्यक्त गर्छिन् । उनी भन्छिन्, “कुनै पनि काम गर्न सजिलो छैन तर दृढ संकल्पको साथ लागिपरे कुनै काम असम्भव छैन ।”

१५, १६ वर्षको उमेरदेखि हस्तकलामा रमाएकी उनी आज ३७ वर्ष उमेर पार गर्दा समेत आफ्नो पेसाप्रति उनको उत्तिकै लगाव छ । चाँप, कपूर र हल्लोको काठमा सुन्दर मूर्ति कोर्न उनलाई कसैले भेट्न सक्दैन । 

छोरी मान्छेले यस्तो काम नगर्ने भए पनि छोरी मान्छे किन पछि पर्ने भनेर उनले पनि काम सुरु गरिन् । तर उनको पेसालाई अंगाल्ने छोरी मान्छे उनको गाउँमा कोही निस्केन ।

त्यो समयमा छोरी मान्छेले यस्तो काम नगर्ने भए पनि छोरी मान्छे किन पछि पर्ने भनेर उनले पनि काम सुरु गरिन् । तर उनको पेसालाई अंगाल्ने छोरी मान्छे उनको गाउँमा कोही निस्केन । हालसम्म पनि   बुङमतीमा उनी मात्र यस्तो कलाकारिता गर्ने महिला हुन् ।

उनले काठलाई कुँदेर मूर्ति निर्माण गर्छिन् । आकारविहीन काठलाई सुन्दर मूर्तिमा रुपान्तरण गर्छिन् । तर उनको सिको गर्दै अहिले धेरै दिदीबहिनीले काठको काम गरेको देख्दा उनलाई खुसी लाग्छ  । 

केटाहरुले मात्र गर्ने काठको काम सुरु गर्न उनलाई सहज त थिएन तर उनको मिहिनेत र लगनशीलताको कारण उनले विस्तारै सफलता हात पार्दै गइन् । अरु छोरीले नगरेको र आफूले मात्र गर्न पाएकोमा खुसी नभएको बताउने उनलाई नारीहरु पछि परेकामा चिन्ता रहेछ ।

काठ कुँदेर मूर्तिको रुपमा ढाल्न कठिन भएकै कारण अरु यस क्षेत्रमा लागेनन् भन्ने उनलाई नलागेको हैन तर छोरा मान्छेले गर्ने कुनै पनि काम छोरीले पनि गर्नुपर्छ भन्ने उनलाई लाग्छ  । 

सुरुमा ड्रइङ, साइजअनुसार काट्ने गरेर एउटा काठलाई मूर्तिमा ढाल्न साँच्चै सहज छैन । तर उनले निर्माण गरेको मूर्ति देखेर तारिफ गरेको सुन्दा आनन्द लाग्ने बताउँछिन् । विगत १२ वर्षदेखि सक्रिय रुपमा हस्तकलामा लागेकी उनले मासिक ३५ हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएकी छिन । 

आफ्नो पेसाको भविष्यबारे कुरा गर्दा भूकम्पअघि धेरै पर्यटक आउने र मूर्तिहरु चिनोको रुपमा लाने हुनाले व्यापार राम्रो भए पनि भूकम्पपछि पर्यटक नै कम आएकोले व्यापार कम भएको अनुभव छ उनको । 

उनले यही कर्ममा गरेको १० वर्ष लामो संघर्षले भाडावाला घरबाट आफ्नै घरमा बसाइ सारिदिएको छ ।

आफूले बनाएको मूर्तिहरु उनको बुबाले बेचेर पैसा दिने गरेका छन् । उनले यही कर्ममा गरेको १० वर्ष लामो संघर्षले भाडावाला घरबाट आफ्नै घरमा बसाइ सारिदिएको छ ।

कलाकारिताकै कमाइले घर बनाउन सक्नु उनको संघर्षको ठूलो उपलब्धि हो । त्यसो त उनले श्रीमान र परिवारबाट पनि राम्रो सहयोग पाउँदा लक्ष्यप्राप्त गर्न सहज भएको उनको अनुभव छ । 

उनले निर्माण गरेका काठका मूर्तिहरु पाँच सयदेखि २० हजार रुपैयाँसम्ममा बेचेको उनी बताउँछिन् । ठूलो, सानो र बुट्टाअनुसार मूर्ति निर्माण गर्न समय लाग्ने उनको भनाइ छ । ६ इन्चको मूर्ति बनाउन  ४ दिनसम्म लाग्ने उनको भनाइ छ । 

पछिल्लो पुस्ताले पेसा सम्हाल्दैनन् 
सबै बाबु, आमाको चाहना आफ्ना सन्तानले पनि सोही पेसा अंगालोस् भन्ने हुन्छ तर पछिल्लो पुस्ताले पुख्र्यौली पेसा अंगाल्नेमा उनको शंका छ । छोराछोरीले मूर्ति निर्माणमा कुनै चासो नदेखाएको उनी सुनाउँछिन् ।

इच्छुकलाई सुझाव
त्यस्तै यस्तो काष्ठकलामा भविष्य खोज्नेहरुलाई भने लगनशील भएर लाग्न सुझाव दिन्छिन् । यस क्षेत्रमा पनि छोराजस्तै छोरीहरु पनि आइदिएझैँ हुने भन्ने लाग्छ उनलाई । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै